मनकामना केबलकार डेढ महिना बन्द

मनकामना केबलकार डेढ महिना बन्द

मनकामना केबलकार डेढ महिना बढीका लागि बन्द हुने भएको छ । आउँदो असार ३१ गतेबाट ५० दिनसम्म केबलकार सेवा बन्द गर्न लागिएको हो ।

केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति र मेन केबल तार लठ्ठासमेत फेर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । 

‘आगामी असार ३१, २०८१ गतेबाट केबल तारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लठ्ठासमेत फेर्ने कार्य हुने हुनाले केबलकार सेवा करिब ५० दिन जति बन्द हुने यस सूचनामार्फत सम्पूर्णलाई अग्रिम जानकारी गराउँछौ’, प्रालिद्धारा जारी सूचनामा उल्लेख छ । 

आकस्मिक मर्मत सम्भारका लागि गत वैशाख ७ गते पनि केबलकार सेवा बन्द भएको थियो ।

टिप्पणीहरू