कालिमाटीमा प्रदर्शनकारीहरुको चर्का नारा

कालिमाटीमा प्रदर्शनकारीहरुको चर्का नारा

विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने रकम राख्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले प्रदर्शन गरेको छ । वैदेशिक रोजगार पीडितलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरुले आजदेखि प्रदर्शन थालेको बताइएको छ ।

ठग मेनपावर र तिनका एजेण्टलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने मागसहित काठमाडौंको कालीमाटीबाट निकालिएको र्याली प्रहरीको घेराबन्दीका कारण सोल्टीमोडमा पुगेर रोकिएको थियो ।

प्रदर्शनकारीहरुले ‘ठग मेनपावर र एजेण्टलाई कारबाही गर’, ‘बेरोजगारको व्यापार बन्द गर’, ‘पीडितलाई न्याय दे’, ‘अलपत्र परेका नेपालीको उद्धार गर’, लेखिएका प्लेकार्ड बोकेर चर्को नारा लगाएका थिए ।

 

वैदेशिक रोजगारीमा जाने युवाहरुसँग अवैध तरिकाले बिना रसिद रकम असुली भइरहेको र उनीहरुको रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने आईटी आर्मीले जनाएको छ ।

टिप्पणीहरू