सटरको स्वामित्व दिने नाममा करोडौं ठगी

सटरको स्वामित्व दिने नाममा करोडौं ठगी

काठमाडौँका व्यापारिक सटरहरुको स्वामित्व दिने प्रलोभनमा पारेर करोडौं रकम ठगी भएको पाइएको छ ।  

उक्त आरोपमा लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, सोह्रखुट्टेका ४१ वर्षीय राजु महर्जन, कमलादी बस्ने ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ, डल्लुका ५९ वर्षीय चिरञ्जीवी पौडेल, टोखाका ६१ वर्षीय शान्तीरमण पंगेनी र ललितपुरको कुपण्डोल बस्ने ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ पक्राउ परेपछि यस्तो ठगीको यो घटना बाहिर आएको हो । 

पक्राउ परेकामध्ये नरेन्द्र न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिको अध्यक्ष रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले कलंकी टे्रड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको खुलेको छ ।  

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएपश्चात् उनीहरु हिजो काठमाडौँका विभिन्न स्थानबाट समातिएका हुन् । अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

टिप्पणीहरू