भ्रष्टाचारको आरोपमा तानिए अर्का ठूला चिनियाँ नेता

भ्रष्टाचारको आरोपमा तानिए अर्का ठूला चिनियाँ नेता

राष्ट्रपति सि चिनफिङको भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ को नीति कार्यान्वयन क्रममा अर्का नेतामाथि कारबाही थालिएको छ।

चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलन स्थायी समिति सदस्य तथा संस्कृति, इतिहास  र अध्ययन समितिका निर्देशक वु यिङ्चेमाथि हिजो पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाइएको छ ।

प्रचलित कानुन र अनुशासनको गम्भीर उल्लंघन गरिएको उल्लेख गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन आयोगको अनुगमन तथा सुपरीवेक्षण कमिटीले वुमाथि अनुसन्धान थालिएको जनाएको छ । सान्तोङ प्रान्तका ६८ वर्षे उनी पार्टीको विभिन्न जिम्मेवारी पूरा गर्ने क्रममा धेरै वर्षदेखि तिब्बतमा थिए। 

"सन् २०१९ अक्टोबर १२ मा चिनियाँ राष्ट्रपति सि नेपाल आउँदा उनी पनि भ्रमण दलमा थिए । "

विगतमा तिब्बत स्वायत्त क्षेत्रीय सरकारको उपाध्यक्ष, पार्टी क्षेत्रीय कमिटी स्थायी समिति सदस्य,प्रोपोगण्डा विभागको निर्देशक,तिब्बत सरकारको कार्यकारी उपाध्यक्ष,कम्युनिष्ट पार्टीको क्षेत्रीय कमिटीमा उपसचिव तथा कार्यकारी उपसचिवको जिम्मेवारीमा थिए । सन् २०१६ देखि २०२१ सम्म वु तिब्बत पार्टी कमिटीको सचिवसँगै १३ औं राष्ट्रिय चिनियाँ कँग्रेसको शिक्षा, विज्ञान,संस्कृति र स्वास्थ्य समितिको उपाध्यक्ष बनेका थिए । 

अघिल्लो वर्षको मार्चदेखि १४ औं सम्मेलनले उनलाई चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समिति सदस्य तथा संस्कृति,इतिहास र अध्ययन समिति निर्देशकको जिम्मेवारी दिएको थियो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि नेपाल भ्रमणमा आउँदा उनी पनि उच्चस्तरीय टोलीको सदस्य थिए । 

यतिखेर चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका एकजना उपाध्यक्ष बाटेर नेपाल भ्रमणमा हुनुहुन्छ । उता सोही सम्मेलनका एक जना सदस्य तथा ठूला नेता भ्रष्टाचार तथा अनुशासनहीन काम गरेको आरोपमा पक्राउ परेका छन् ।
 

टिप्पणीहरू