आफ्नै साथी कुट्ने काँग्रेसी नेता पक्रन महाभारत

आफ्नै साथी कुट्ने काँग्रेसी नेता पक्रन महाभारत

रामेछापका जिल्लास्तरीय आधा दर्जन नेताहरु कुटपिट र लुटपाटमा संलग्न भएको पाइएको छ । उनीहरुले कुटपिटसँगै पीडितको साथमा रहेको नगद र सुनको गहना लुटेको जाहेरी दर्तामा प्रहरीले आनाकानी गरेपछि पीडितको परिवारले जिल्ला सरकारी वकील कार्यालय गुहार्नुपरेको छ ।

जेठ १४ गते प्रहरीले जाहेरी नलिएपछि पीडित जीतबहादुर तामाङको छोरा सुनापती गाउँपालिका २ का ३३ वर्षे राजकुमार मोक्तानले २० गते जिल्ला सरकारी वकिल कार्यालय रामेछापमा उजुरी दर्ता गराएका थिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले अस्ति बेलुकी राजधानीबाट पक्राउ गरी उनीहरुमध्ये दुई जनालाई हिजो रामेछाप पठाएको बुझिएको छ ।

जीतबहादुर मगर र चन्द्र थापा मगरलाई मन्थली पुर्याइएको छ भने अन्य फरार छन् । भरत चौलागाईं,नवराज थोकर, जितेन्द्र मोक्तान,विनोद कार्की,विष्णु बस्नेत र बेनबहादुर मगर फरार छन् ।

रामेछाप सुनापती गाउँपालिका १ का ५८ वर्षे भरत काँग्रेस महाधिवेशन प्रतिनिधि र सोही पालिकाको वडा नम्बर ३ का ५७ वर्षे जितेन्द्रकुमार मोक्तान, काँग्रेस महासमिति सदस्य हुन् । खाँडादेवी गाउँपालिका ८ का ४९ वर्षे नवराज थोकर काँग्रेस जिल्ला उपसभापति र मन्थली नगरपालिका १० का ४८ वर्षे विनोद कार्की काँग्रेस पार्टी जिल्ला सचिव रहेको बताइन्छ ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाले अस्ति बेलुकी राजधानीबाट पक्राउ गरी उनीहरुमध्ये दुई जनालाई हिजो रामेछाप पठाएको बुझिएको छ ।

सुनापति २ का ५१ वर्षे जीतबहादुर मगर काँग्रेस बागमती प्रदेश सदस्य,सोही वडाका ४५ वर्षे बेनबहादुर थापा काँग्रेस रामेछाप ‘ख’ क्षेत्रीय सचिव,उमाकुण्ड गाउँपालिका १ का ४८ वर्षे विष्णु बस्नेत काँग्रेस पूर्व जिल्ला सचिव र खाँडादेवी १ का २५ वर्षे चन्द्रबहादुर थापामगर नेविसंघ केन्द्रीय सदस्य हुन् ।

उनीहरुमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसूर गरेको आरोप छ । ती सबै  मिलेर श्यामलाल योञ्जनको साथमा भएको ९० हजार र निजले हातमा लगाएको ७ तोलाको सुनको ब्रासलेटसमेत लुटेको उजुरीमा उल्लेख छ । 

घाइतेहरुको उपचारमा धेरै खर्च भएकाले औषधी उपचारको खर्च भराउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन हालिएको हो । पीडितका परिवारले फौजदारी कार्यविधि २०७४ को दफा ५ बमोजिम जाहेरी दरखास्त हालेको बताएका छन् ।

टिप्पणीहरू