जेल पुग्दा पनि छोडेन विकलको अपराधले, मुख्यसचिव निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली बबरमहलस्थित विशेष अदालत पुगेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार भएको जनाउँदै आयोग टोली मुद्दा दायर गर्न गएको हो ।

उक्त भ्रष्टाचारमा मुख्यसचिव बैकुण्ठ अर्यालसहित अर्थ मन्त्रालयका कर्मचारीहरुलाई विपक्षी बनाइएको छ । आन्तरिक राजश्व विभागले मदिरामा टाँसिने स्टिकर छाप्न मुद्रण केन्द्रलाई विना प्रतिस्पर्धा ठेक्कामा दिएको थियो । केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल थिए भने विभागका महानिर्देशक रितेश शाक्य थिए ।

अन्तःशुल्कको स्टिकर छपाईको बजेट ३८ करोड ६७ लाख थियो । छपाई वापत छ करोड भुक्तानी भइसकेको सन्दर्भमा आयोगले गरेको छानबिनमा सञ्चार मन्त्रालयका तत्कालीन सचिव अर्याल पनि तानिएका हुन् । 

अन्तःशुल्कको स्टिकर छपाईको बजेट ३८ करोड ६७ लाख थियो । छपाई वापत छ करोड भुक्तानी भइसकेको सन्दर्भमा आयोगले गरेको छानबिन र यसअघि नै जेल चलान भएका कार्यकारी निर्देशक पौडेलको बयानको आधारमा सञ्चार मन्त्रालयका तत्कालीन सचिव अर्याल पनि तानिएका हुन् ।

यसअघि आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पनि सरकारका मुख्य सचिव अर्याललगायतविरुद्ध आजै मुद्दा दायर गर्ने जनाएको थियो । 

मुख्यसचिव अर्याल सिंहदरबारस्थित कार्यालयमा हाजिर गरेर भर्खरै बाहिर निस्केको बुझिएको छ । मुद्दा  दर्ता भएसङ्गै उनी स्वत: निलम्बित भएका छन् । टेरामक्सको मुध्दा भने आउन बाकी नै छ ।

टिप्पणीहरू