२७ बर्षमै तिनले किन फालिन् होला ज्यान ?

२७ बर्षमै तिनले किन फालिन् होला ज्यान ?

सुवा अधिकारी नेपालगन्जको राँझा एयरपोर्ट चोक नजिक पिपलको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

गए राती झुण्डिएकी र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड नं १० निवासी सुवा एक हप्तादेखि राँझा पेट्रोल पम्पस्थित नाम नलेखिएको होटलमा बस्दै आएकी थिइन् ।

कञ्चनपुर जिल्ला बेलडाडी गाउँपालिका वार्ड नम्बर १ की साथी रेखा चन्द नेपालगन्ज राँझा चोक होटलमा बस्दै आएकी थिइन् । उनको देब्रे हात शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालमा कुर्न नेपालगञ्ज आएकी सुवा गए राति १२ बजे होटलबाट निस्किइन् । ४ वर्षकी छोरी रेजिनाले आमा भनेर रोएपछि रेखा र होटल मालिक खोज्दै जाँदा नजिकै  पिपलको रुखमा झुण्डिएको अवस्थामा फेला परिन् ।

छोरीका अनुसार,आमा सुवा मोबाइलमा कसैसँग कुरा गर्दै,झगडा गर्दै निस्केकी थिइन् । सुवाका श्रीमानले पनि केही समयअघि आत्महत्या गरेको साथी रेखाले जानकारी दिएकी छन् ।

आत्महत्या भनिए पनि घटनास्थलको अवस्था हेर्दा शंकास्पद रहेको बताईएको छ ।

टिप्पणीहरू