भारतीय नागरिक हतियारसहित पक्राउ

भारतीय नागरिक हतियारसहित पक्राउ

सशस्त्र प्रहरी बलले रौतहटको गौरमा हतियारसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिका २ महादेवपट्टिबाट राहुल रामलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा राहुल सवार मोटरसाइकलको टुल बक्समा हतियार फेला परेको हो । भारतको सितामढी जिल्ला बैरगनिया–३ असोगीका रामलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको छ ।

टिप्पणीहरू