गल्लीको घरमा अनैतिक क्रियाकलाप, कोठामा एक पुरुषसँग तीन महिला

गल्लीको घरमा अनैतिक क्रियाकलाप, कोठामा एक पुरुषसँग तीन महिला

कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा एक पुरुषसहित तीन महिला पक्राउ परेका छन् । 

गोदावरी नगरपालिका–२ अत्तरियास्थित आदर्श गल्लीको एउटा घरको कोठाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयले गल्लीको एउटा घरको कोठा भाडामा लिएर अनैतिक क्रियाकलाप सञ्चालन गरिएको खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान टोलीले अनैतिक क्रियाकलापमा संलग्न रहेका एक पुरुष र तीन महिलालाई पक्रेर अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेकामा गोदावरी नगरपालिका–१ की ६५ र २८ वर्षीया दुई महिला, वडा नम्बर ३ का ३७ वर्षीय पुरुष र गौरीगङ्गा नगरपालिका–१ की ३४ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

टिप्पणीहरू