जग्गा कित्ताकाटअघि नापी सर्वेक्षकलाई ३५ हजार घुस

जग्गा कित्ताकाटअघि नापी सर्वेक्षकलाई ३५ हजार घुस

घुससहित पक्राउ परेका नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी कार्यालय चन्द्रौटा, कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ताविरुद्ध मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले गत जेठ २५ गते उनलाई ३५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको क्रममा जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग उक्त रकम बुझेको खुल्न आएको अख्तियारले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू