नक्कली सुनको मूर्ति देखाउँदै, लाखौं ठग्दै

नक्कली सुनको मूर्ति देखाउँदै, लाखौं ठग्दै
सुन्नुहोस्

नक्कली सुनको मूर्ति देखाउँदै लाखौं ठगेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

काठमाडौंको कमलपोखरी बस्ने भारतका ४० वर्षीय कलाकार दास, डल्लु बस्ने धादिङका ३८ वर्षीय दिपक थापा, लाजिम्पाट बस्ने दाङका ३५ वर्षीय वसन्त चौधरी, चमतीका ५५ वर्षीय रविन महर्जन र  ललितपुरको धोबिघाट बस्ने म्याग्दीका ६४ वर्षीय क्षेत्रबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेमा सोफा पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय दिनेश न्यौपानेलाई नक्कली सुनको मूर्ति देखाउँदै ३० लाख ठगेको प्रहरीको आरोप छ । त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट प्रहरीले नक्कली सुनको बुद्धको मूर्ति एक थानसहित १४ लाख रुपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू