बेचनसँग सरकारी वकिलले सोध्नै बाँकी

बेचनसँग सरकारी वकिलले सोध्नै बाँकी
सुन्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका बेचन झालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएपछि  अस्ति अदालतबाट म्याद थपेको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

बयानका लागि प्रहरीले समय लिने भएकोले सरकारी वकिलकोमा लगेको छैन । हिरासतमा रहेका उनलाई पहिले प्रहरीले सोधपुछ गरेर प्रतिवेदन बुझाएपछि बल्ल सरकारी वकिलले सोधपुछ गरेर अदालत लैजाने बुझिएको छ ।

पहिलेको सबै मिसिल महान्यायाधिवक्ताको कार्यालयमा रहेकाले झाविरुद्धको मुद्दा प्रक्रिया अघि बढाउन थप केही दिन लाग्ने भएको हो ।

"अनुसन्धानका लागि प्रहरीले समय लिने भएकोले सरकारी वकिलकोमा लगेको छैन । हिरासतमा रहेका उनलाई पहिले प्रहरीले सोधपुछ गरेर प्रतिवेदन बुझाएपछि बल्ल सरकारी वकिलले सोधपुछ गरेर अदालत लैजाने बुझिएको छ ।"

प्रहरीले आफ्नो अनुसन्धान र छानबिन सकाएर पक्राउ परेका १६ जना र आरोपित अरु १७ जनालाई विभिन्न अभियोगमा मुद्दा चलाउनुपर्ने निश्कर्षसहितको राय एक वर्षअघि सरकारी वकिलको कार्यालय, काठमाडौंलाई दिएकोमा उक्त प्रकरण छानबिनमा बेचनको प्रवेश भएको थियो । 

उक्त प्रकरणमा संलग्न सानु भण्डारीले चेक काटेर झाको खातामा रकम जम्मा गरेका थिए । हिमालयन बैंकमा रहेको झाको खातामा दुई करोड एकै पटक जम्मा गरेको देखिएको थियो ।

टिप्पणीहरू