फाइल सदर गर्नुअघि इञ्जिनियरकाे खल्तीमा एक लाख

फाइल सदर गर्नुअघि इञ्जिनियरकाे खल्तीमा एक लाख

एक लाख घुससहित एक जना सिभिल इञ्जिनियर पक्राउ परेका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत छैटौं तहका सिभिल इञ्जिनियर अख्तर हुसेन पक्राउ परेका हुन् । 

नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधीन रंगशालाका ठेकेदारसँग घुस लिएको अवस्थामा उनी पक्राउ परेको बताइएको छ । ठेकेदार वीरबहादुर तामाङसँग इन्जिनियर हुसेनले रंगशालाको प्राविधिक प्रस्ताव पास गर्नुअघि घुस मागेका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाउने क्रममा उनी घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

हुसेनले त्यसअघिका परियोजनाहरुमा पनि घुस लिएको हुनसक्ने अख्तियारको आशंका छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू