बलात्कारका कारण पुरस्कारबाट बन्चित

बलात्कारका कारण पुरस्कारबाट बन्चित
सुन्नुहोस्

‘बलात्कार’ को आरोप लागेपछि राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि छनौट भएका एक युवा ‘प्रतिभा’ को पुरस्कार चट् भएको छ । गैरसरकारी संस्था नेपाल राष्ट्रिय युवा परिषद्का संयोजक सरोज बानियाँले उक्त पुरस्कारबाट हात धुनुपरेको हो । 

युवा तथा खेलकुद मन्त्रालयले गत पुस २३ गते सो पुरस्कारका लागि गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो । मन्त्रालयबाट आर्थिक वर्ष २०८०–८१ मा प्रदान गरिने सो पुरस्कारका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति,समूह तथा संघ संस्थासँग आवेदन आह्वान गरिएको थियो । 

‘फुड एण्ड एग्रिकल्चर अग्रनाईजेशन अफ द युनाइटेड नेशन्स् (एफएओ)’ लगायतका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर युवा तथा वातावरणको क्षेत्रमा काम गर्दै आएका उनले पनि पुरस्कारका लागि आवेदन दिएका थिए । र, उनको आवेदन कार्यविधिअनुसार छनौट पनि भएको हो । 

तर,प्रहरी वृत्त,मालीगाउँले जबरजस्ती करणीको अभियोगमा नियन्त्रणमा लिएपछि मन्त्रालयले पुरस्कार सूचीबाट उनको नाम काटिदिएको छ । यता, प्रहरीले अदालतबाट दोस्रोपटक म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । बानियाँ प्रहरी हिरासतमा पुगेपछि उनको संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रमहरु नलमा पुग्ने देखिएको छ ।

टिप्पणीहरू