एमाले नेता नेम्वाङलाई उपचारार्थ बैंगलोर लगियो

एमाले नेता नेम्वाङलाई उपचारार्थ बैंगलोर लगियो

पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङलाई थप उपचारको निम्ति भारतको बैंगलोर लगिएको छ । नेपाल वायुसेवाको उडानमा आज दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यता लगिएको हो ।

पार्टी कामको सिलसिलामा गृहजिल्ला ताप्लेजुङमा रहेको बेलामा गत माघ १७ गते उनी अचानक बिरामी परेका थिए । सदरमुकाम फुङलिङस्थित पाथिभरा गेष्ट हाउसमा खाना खान लाग्दा नेम्वाङको हातबाट एकाएक मोबाइल खसेको थियो । टिप्न खोज्दा नसकेको र मुख बांङिगएको देखेपछि तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा उच्च रक्तचापको समस्या देखिएको त्यहाँका चिकित्सकले जानकारी गराएका थिए ।

त्यसपछि काठमाडौं ल्याएर उपचार गरेपनि स्वास्थ्यमा राम्रो सुधार हुन नसकेपछि आज भारत लगिएको हो । उभिन नसक्ने अवस्थाका नेम्वाङका साथ श्रीमतीसहित अन्य आफन्त पनि बैंगलोर गएका छन् ।

टिप्पणीहरू