पोखरा महानगरमा अख्तियारको छापा

पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा हानेको छ ।  मणिपाल शिक्षण अस्पताललाई नियमविपरित २० करोड राजश्व छुट दिएको उजुरी परेपछि आयोग टोली महानगरको कार्यालय पुगेको बताइएको छ ।

टोलीले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको छ । आयोगको पोखरास्थित कार्यालय प्रमुख अस्मान तामाङले भने, ‘यो अलि पुरानै इस्यु हो । महानगरले अस्पताललाई नियमविपरित २० करोड राजश्व छुट दिएको सम्बन्धमा आज केही कागजात लिएका हाैं ।’ 

उनका अनुसार आयोगले महानगरको कार्यालयमा भएका कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय र मणिपाल शिक्षणसँग सम्बन्धित सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । 

केही महिनायता २० करोड राजश्व छुट प्रकरण सतहमा आएको हो ।

टिप्पणीहरू