एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्रीका छोरालाई थुनामा पठाउन आदेश

एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्रीका छोरालाई थुनामा पठाउन आदेश
सुन्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो । 

पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकलाई केन्द्रीय कारागार पठाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि गत वर्षदेखि फरार उनी शुक्रबार साँझ बौद्धबाट पक्राउ परेका थिए ।

थापाले उक्त प्रकरणमा बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानमा खुलेको हो ।
 

टिप्पणीहरू