जिल्ला न्यायाधीशमा आठ जना सिफारिस

जिल्ला न्यायाधीशमा आठ जना सिफारिस

जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि आठ जनाको सिफारिस भएको छ । न्याय परिषद्को आजको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्यायाधीश सिफारिसमा सर्वोच्च अदालतका इजलास अधिकृत कमलकान्त जोशी, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार नारायण सापकोटा, फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत बसन्तराज जोशी, महालेख परीक्षकको कार्यालयका निर्देशक मनिराम ज्ञवाली परेका छन् । 

त्यसैगरी सर्वोच्च अदालतका उपरजिष्ट्रार अन्जनराज सापकोटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव नीतिज राई, फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक तिलक कार्की र सर्वोच्च अदालतका शाखा अधिकृत चन्द्रमणि चापागाईं पनि न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका हुन् ।

टिप्पणीहरू