अर्थका कर्मचारीहरु हुल बाँधेर विदेशतिर

अर्थका कर्मचारीहरु हुल बाँधेर विदेशतिर

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालयका झण्डै चार दर्जन कर्मचारी विदेश शयरमा जान लागेका छन् । राज्यको ढुकुटी रित्तोझैँ भएको बेला पनि ४४ जना कर्मचारीको विदेश भ्रमण तय भएको बताइएको छ ।

अर्थमन्त्रालय स्रोत भन्छ, ‘राजश्व अनुमानभन्दा कम उठेको छ । निर्यात ठप्प र आयात बढ्दो छ । साधारण खर्च ह्वात्तै बढेको अवस्थामा अर्थका ४४ जना कर्मचारी विदेश भ्रमणमा जान लागेका छन् । अर्थमन्त्री वर्षमान पुनले भ्रमण स्वीकृत गरिसक्नुभएको  छ ।’

कर्मचारीहरु विभिन्न कार्यक्रमको नाममा अफ्रिका,अस्ट्रेलिया,युरोप र दक्षिणपूर्वी एसियाका विभिन्न मुलुक जान लागेका हुन् । ती सबै चौबिसै घण्टा अर्थमन्त्रीको वरपर घुम्नेहरु भएको बताइन्छ । 

स्रोतको दाबी छ, ‘भ्रमण केवल मस्तिका लागि हो । छुट्टी मनाउन सरकारी कोषको प्रयोग गरिएको छ ।’

टिप्पणीहरू