बाँकेमा गोली चल्यो, तीन जना घाइते

बाँकेमा गोली चल्यो, तीन जना घाइते

बाँकेमा फरार प्रतिवादी पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ । डुडुवा गाउँपालिका वडा नम्बर ६, सिखनपुरुवाका ५५ वर्षीय सरमानसिंह सरदारलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । 

बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीका अनुसार सिखनपुरवाबाट सरदारलाई हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएपछि सरदार भागेका थिए । त्यसपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली चलाएको हो । 

झडपमा एक जना प्रहरी घाइते भएका छन् । प्रहरीको गोली लागेपछि फरार प्रतिवादी र अर्का एक जना स्थानीय घाइते घएको बताइएको छ ।

टिप्पणीहरू