लेखापढी सेन्टरबाट नापी सर्भेक्षक घुससहित पक्राउ

लेखापढी सेन्टरबाट नापी सर्भेक्षक घुससहित पक्राउ

ललितपुरको लगनखेलस्थित नापी कार्यालयका सर्भेक्षक संजिवकुमार यादव घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसहित आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेललाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार उनीहरुले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । 

त्यसपछि अख्तियारको टंगालबाट खटिएको टोलीले उनीहरुलाई हिजो ललितपुर महानगरपालिका–१२, हनुमानस्थानस्थित आरबी सेन्टरबाट चार लाख रुपैयाँ घुससहित समातेको हो । 

यससम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू