मालिकको हत्यापछि मन्दिरमा बसोबास

मालिकको हत्यापछि मन्दिरमा बसोबास
सुन्नुहोस्

मोरङको सुन्दरहरैचा नगरपालिका–९, का ४९ वर्षीय सहदेव बजगाईँको हत्या अभियोगमा एक दम्पती पक्राउ परेका छन् । सोही नगरपालिका–१, स्थित कुखुरा फार्म सञ्चालन गर्दै आएका उनको हिजो बिहान फार्मभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको थियो । 

बजगाईँको हत्या आरोपमा प्रहरीले फार्ममा काम गर्दै आएका फरार उर्लाबारी नगरपालिका–६, हाटखोलाका ३६ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी पत्नी ३३ वर्षीया प्रतिसा पाँचकोटीलाई समातेको छ । 

घटनापश्चात् धरानको बलभदे्रश्वर मन्दिरको धर्मशालामा बसिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरुले आफ्नो साहुको हत्या गरेको स्वीकार समेत गरेका छन् । 

गत जेठदेखि फार्ममा काम गर्दै आएका ती दम्पतीले बजगाईँले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू