धम्काउनु न्यायिक,कानुन गुहार्नु गैह्रन्यायिक ?

धम्काउनु न्यायिक,कानुन गुहार्नु गैह्रन्यायिक ?
सुन्नुहोस्

जनआस्था कार्यालयलाई बमले उडाउने र पत्रकारलाई मार्ने धम्की दिएका कार्यकर्ता छुटाउन विप्लव समूहको विद्यार्थी संगठन माइतीघर मण्डलामा उत्रिने भएको छ । 

सो समूहको विद्यार्थी संगठन अखिल (समाजवादी) ले आज मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । पत्रकारलाई सिध्याइदिने धम्की दिएवापत प्रहरी हिरासतमा पुगेका कार्यकर्ता पक्राउको घटनालाई राजनीतिक रङ्ग दलेर प्रदर्शनमा उत्रन लागेको विप्लव समूहले यसलाई 'गैर-न्यायिक गिरफ्तारी' भनेको छ । 

आफूलाई अखिल (समाजवादी) को केन्द्रीय सचिव भन्ने कपिल सि नामक एक व्यक्तिले गत मंगलबार आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई फोनबाट पटक-पटक बम पड्काएर ज्यान मार्ने धम्की दिएका थिए । सोही दिन दिउँसो सानेपास्थित जनआस्था कार्यालयमा पेस्तोलधारी समूह पठाएर आतंकित पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

सञ्चार गृहमा बन्दुकधारी पठाएर हुलदंगा गर्ने कार्यकर्ता छुटाउन पटक-पटक गरेको आग्रह पूरा नभएपछि हिजो विज्ञप्ति निकालेर अर्को धम्की दिएको अखिल (समाजवादी) ले आज 'गैर-न्यायिक गिरफ्तारी' भन्दै कार्यकर्ता उराल्न लागेको हो ।

तर,न्यायिक र बुर्जुवाको परिभाषा उनको अनुकूलतामा मात्रै हुने । धम्काउनु,उर्दी लाउनु र हतियार बोकेर हिंड्नु न्यायिक अनि पीडितले राज्य गुहार्नु गैर-न्यायिक हुने अचम्मको परिभाषा सिर्जना गर्न खोजेको देखिदा दुनियाँ चकित छ ।

टिप्पणीहरू