भारतमा बन्धक बनाइएका नेपाली मजदुरको उद्दार

भारतमा बन्धक बनाइएका नेपाली मजदुरको उद्दार
सुन्नुहोस्

रोजगारीको प्रलोभन देखाएर विगत पाँच महिनादेखि भारतमा बन्धक बनाइएका दुई दर्जनबढी नेपाली मजदुरको उद्दार गरिएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले भारतको कश्मीर प्रान्तको श्रीनगरमा बन्धक बनाएर राखिएका २८ जना नेपाली मजदुरको उद्दार गरेको हो । उनीहरुलाई नेपाल फर्काइएको प्रधानमन्त्री केपीशर्मा ओलीले आज सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । 

बन्धक बनाइएकामा सिरहाका २१ जना र धनुषाका सात जना रहेका छन् । प्रधानमन्त्री ओलीले आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिमार्फत सबैलाई घर पठाउने तयारी भइरहेको समेत बताउनुभएको छ । 

‘रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्दार गरी नेपाल फर्काएको छ । सिराहाका २१ जना र धनुषाका सात जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ', उहाँले फेसबुकमा लेख्नुभएको छ, 'उद्दारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो । मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ । उद्दार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराईसहित टोलीलाई धन्यवाद ।’

टिप्पणीहरू