विन्दुकुमारलाई कार्यवाहक दिएर मुख्यमन्त्री भारत जाँदै

विन्दुकुमारलाई कार्यवाहक दिएर मुख्यमन्त्री भारत जाँदै
सुन्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भोलि भारत जाने भएका छन् । स्वास्थ्य उपचारका लागि उनी नयाँदिल्ली जान लागेका हुन् । 

मुख्यमन्त्री पाण्डे भोलि दिँउसो १ बजे भारत प्रस्थान गर्ने र साउन १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयका कर्मचारीले बताए । भारत जाने भएपछि पाण्डेले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापालाई कार्यवाहकको जिम्मेवारी दिएको प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । 

‘उहाँ घुँडाको उपचारका लागि भारत जान लाग्नुभएको हो । पहिलेदेखि नै उहाँले भारतमा उपचार गराउँदै आउनुभएको थियो । विभिन्न कारणले लामो समयदेखि जान पाउनुभएको थिएन् । आफू नआउँदासम्मका लागि उहाँले सामाजिक विकासमन्त्री बिन्दुकुमार थापालाई कार्यवाहकको जिम्मेवारी दिनुभएको छ’,उनले भने ।
 

टिप्पणीहरू