चीन र नेपालका ठूला मानिसहरु एकअर्काको देशमा
चिनियाँ कम्युनिष्ट पार्टीको हुपेइ प्रान्तीय कमिटीका उपाध्यक्षको नेतृत्वमा उच्चस्तरीय टोली नेपाल आएको छ । सिचुआन प्रान्तको राजधानी छन्तुबाट एअर चाइनाको उडान नम्बर सिए ४३७ मा उपाध्यक्ष याङ युह्वासहित छ सदस्यीय टोली हिजो बिहान ११ बजे काठमाडौं आइपुगेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा दूतावासका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेको टोली बौद्धस्थित होटल हायातमा बसेको बुझिएको छ । टोलीमा लिउ लिछोङ,वाङ सोवेइ,वाङ लिसिया,सु साओफन र चाङ यिन छन् ।
हिजै नेपाली सेनाको एउटा प्रतिनिधिमण्डल छन्तु पुगेको छ । उपरथी प्रेमध्वज अधिकारीको नेतृत्वमा सात सदस्यीय टोली एअर चाइनाको उडान नम्बर सिए ३३८ मा मध्यान्ह सवा १२ बजे काठमाडौंबाट प्रस्थान गरेको हो ।
नेपाली र चिनियाँ जनमुक्ति सेनाबीच चोङछिङमा संयुक्त रुपमा सञ्चालन हुन लागेको स्पेशल फोर्स तालिम २०२४ मा भाग लिन टोली त्यता गएको बताइएको छ । अधिकारीसँगै सहायक रथी सुवर्णकुमार विष्ट र अन्य पाँच जना टोलीमा छन् ।
टिप्पणीहरू