नेपाली सेनालाई लिएर गयो भारतीय सैनिक जहाजले
नेपाली सेनाको एउटा टोली हिजो काठमाडौंबाट भारतको मेघालय गएको छ । ४२ जनाको टोली भारतीय वायुसेनाको विशेष विमानमा मेघालयको राजधानी सिलंगतर्फ गएको हो ।
टोलीले त्यहाँ आयोजित डुरान्ड कप फुटबल प्रतियोगितामा भाग लिन लागेको छ । अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको कमाण्डमा खेलाडी ३० जना र पदाधिकारी १२ जना छन् ।
टोली भारतीय वायुसेनाको कल साइन नम्बर सि ३८११ आइएफसी ०६८४ विमानको विशेष उडानमा दिउँसो २ बजे सिलङ गएको बुझिएको छ ।
टिप्पणीहरू