सिंहदरबारमा चिनियाँ र अमेरिकी राजदूतको आलोपालो प्रवेश
नेपालका लागि चिनियाँ राजदूत छन सोङले ऊर्जा,जलस्रोत तथा सिन्चाइ मन्त्री दिपक खड्कासँग शिष्टाचार भेट गर्नुभएको छ । राजदूत छन् मन्त्री खड्कासँग भेटका लागि मध्यान्ह सवा १२ बजे पुगेर साढे १२ बजे फर्कनुभएको बताइएको छ ।
लगत्तै अमेरिकी राजदूत डिन आर थम्पसन मन्त्री खड्कासँग भेटका लागि १ बजेको हाराहारीमा त्यहाँ जानुभएको थियो । उहाँहरुबीच करिब आधा घण्टा कुराकानी भएको मन्त्रालय स्रोतले बताएको छ ।
ऊर्जामन्त्रीसँगको भेटपछि अमेरिकी राजदूतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडासँग पौने २ बजेदेखि झण्डै ४५ मीनेट छलफल गर्नुभएको थियो ।
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग पनि आजै अमेरिकी राजदूतले भेटवार्ता गर्नुभएको बुझिएको छ । प्रधानमन्त्रीको कार्यालयबाट साढे २ बजे बाहिरिनुभएका उहाँले मन्त्री सिंहसँग शहरी विकास मन्त्रालयमा ३ बजेदेखि सवा ३ बजेसम्म भेट गर्नुभयो ।
टिप्पणीहरू