अमेरिकाबाट आएको विमानको चार्टर शुल्क प्रतिघण्टा ११ हजार डलर
अमेरिकाबाट चार्टर उडानमा आएको निकै महँगो एउटा विमान बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ग्लोबल जेट डग्लस कम्पनीको उक्त विमानमा चालक दलका सदस्यसहित पाँच जना छन् ।
कल साइन एम–एआरडीआईको उक्त विमान अमेरिकाबाट भुटानको पारो विमानस्थल हुँदै काठमाडौं आएको हो । विमानमा क्याप्टेन क्रुज र ब्रुनो होजे मोन्टेरोसहित पाँच जना छन् ।
ग्लोबल एक्सप्रेस प्राइभेट जेट चार्टर उडानको निम्ति विश्वमा निकै प्रख्यात मानिन्छ । यो विमान उडानका लागि प्रतिघण्टा ११ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । सुविधा सम्पन्न उक्त निजी चार्टर विमानको खरिद मूल्य १ करोड ४० लाखदेखि १ करोड ५० लाख डलर पर्ने बताइएको छ ।
टिप्पणीहरू