प्रधानसेनापतिमा अशोक सिग्देलले बाजी मारे

प्रधानसेनापतिमा अशोक सिग्देलले बाजी मारे

मन्त्रिपरिषदको अहिले बेलुका बसेको बैठकले जर्नेल अशोक सिग्देललाई भावी प्रधानसेनापतिमा सिफारिस गरेको छ । 

स्रोतका अनुसार आगामी भदौ २४ गते अवकाश हुने सेनापति प्रभुराम शर्माको स्थानमा सिग्देललाई लाने तयारीस्वरुप क्याबिनेटले कामुमा सिफारिस गरेको हो । 

उनीमाथि दोहोरो नागरिकता लिएको र जन्ममिति किर्ते गरेको आरोप लागेको छ । सोही विषयमा सर्वोच्चमा दायर गर्न खोजिएको युवराज सफलको रिट हिजो दरपीठ भएको थियो । 

उनी ३ बर्ष सेनापति रहनेछन् भने पर्सिदेखि शशीभवनबाट प्रभुराम शर्माले सीतापाइलास्थित निजी निवासमा सामान सार्दैछन् । यसैवीच रक्षासचिव किरणराज शर्माको पनि सरुवा भएर त्यहाँ अख्तियारबाट रामेश्वर दङ्गाललाई ल्याइएको छ । अख्तियारमा घनश्याम उपाध्याय पुगेका छन् ।

टिप्पणीहरू