विनोद चौधरीका स्टाफहरुको बज्रबाराहीमा बबाल

विनोद चौधरीका स्टाफहरुको बज्रबाराहीमा बबाल

गुड फ्राइडे मनाउन गएका सिजी ग्रुपका कर्मचारीहरुको कारण पालुङ नजिकैको एउटा रिसोर्टमा शुक्रबार राति बबाल मच्चिएको छ । प्रहरी स्रोतले स्थानीय अध्याय रिसोर्टमा चौधरीका कर्मचारीले अन्य पाहुनालाई असर पुग्नेगरी होहल्ला गरेपछि परिस्थिति अप्रिय बनेको बताएको छ ।

रिसोर्ट निकट स्रोत भन्छ, ‘काठमाडौंबाट चौधरी ग्रुपका स्टाफ गुड फ्राइडे मनाउन गएका रहेछन् । उनीहरूका कारण रिसोर्टमा रातिको माहौल निकै खतरापूर्ण बनेपछि प्रहरीलाई खबर गरिएको थियो ।’

टिप्पणीहरू