छात्रवृत्ति पाएका विद्यार्थीसँग शुल्क उठाउन रोक

छात्रवृत्ति पाएका विद्यार्थीसँग शुल्क उठाउन रोक

काठमाडौं महानगरपालिकाले छात्रवृत्तिमा पढ्ने विद्यार्थीसँग शुल्क नउठाउन विद्यालयहरुलाई सचेत गराएको छ ।

महानगरमा संचालित विद्यालयहरुले छात्रवृत्ति प्राप्त विद्यार्थीसँग विभिन्न शीर्षकमा शुल्क असुलेको गुनासो आएको उल्लेख गर्दै महानगरले त्यसो नगर्न भनेको हो । महानगरले सूचना प्रकाशित गर्दै छात्रवृत्ति परीक्षा दिएर म्याचिङ्ग लिष्टमार्फत सिफारिस भएका विद्यार्थीले कक्षा ११ र १२ मा भर्ना, प्रयोगशालाजस्ता कुनै पनि शीर्षकमा शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । 

‘छात्रवृत्ति पूर्ण निःशुल्क हो भन्ने कुरामा द्धिविधा हुन, मनोनयन पत्र बोकेर आउने विद्यार्थीलाई कुनै शुल्क नलिई भर्ना गर्न सम्बन्धित विद्यालयहरुलाई अनुरोध छ,’ सूचनामा भनिएको छ । 

छात्रवृत्ति पाएका विद्यार्थीको निःशुल्क भर्नासम्बन्धी समस्या समाधानका लागि महानगरले वडागत रुपमा विद्यालय निरीक्षक र स्रोत शिक्षकलाई जिम्मेवारी दिएको छ । 

महानगरका अनुसार म्याचिङ्ग लिष्टमा सिफारिस भएका विद्यार्थीलाई भर्नासम्बन्धी कुनै समस्या भएमा विद्यालय रहेको वडा नम्बरअनुसार सम्बन्धित अधिकारीलाई सहजीकरणका लागि सम्पर्क गर्न सक्नेछन् ।
 

टिप्पणीहरू