बूढानीलकण्ठमा मुसलधारे, चितवन र सिन्धुपाल्चोकमा घनघोर वर्षा
गएराति काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा ठूलो वर्षा भयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानी उपत्यकासहित बागमती, लुम्बिनी र मधेश प्रदेशका विभिन्न भागमा मुसलधारे वर्षा भएको छ ।
करिब छ घण्टासम्म परेको वर्षापछि राजधानीका नदी किनारका बस्ती डुबानमा परेका छन् । गएराति केहीबेरमा बूढानीलकण्ठ क्षेत्रमा ८९ दशमलब ४ मिलिमिटर र नगरकोटमा ८३ मिलिमिटर पानी परेको थियो ।
उता चितवनको उत्तरी भेग शक्तिखोरमा पनि राति १ सय ३६ दशमलब ६ मिलिमिटर वर्षा भएको छ । भरतपुरमा १ सय १७ दशमलब ६ मिलिमिटर पानी परेको छ भने धादिङको गजुरीमा ८० मिलिमिटर परेको थियो ।
उता सिन्धुपाल्चोकको भोताङमा पनि रातिको केही घण्टामा १ सय ३ दशमलब ६ मिलिमिटर पानी परेको जनाइएको छ । आज मधेश बाहेक अन्य सबै प्रदेशका केही भूभागमा ठूलो वर्षा हुने प्रक्षेपण गरिएको छ ।
टिप्पणीहरू