विदेशी पिआर ? चलचित्र विकास बोर्डमा नो इन्ट्री
चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदनका लागि विज्ञापन गरेको छ ।
उम्मेदवार ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना,विकास संरक्षण,संवर्धन तथा प्रवर्धनमा निरन्तर १० वर्ष कार्य गरेको हुनुपर्ने थप योग्यता तोकिएको छ ।
उम्मेदवारले पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना,विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वःघोषणा र पदसँग सम्बन्धित अन्य कागजात भए सोको प्रतिलिपि पनि बुझाउनुपर्नेछ ।
उपयुक्त उम्मेदवारलाई मूल्यांकनको आधारमा नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ । बोर्डको अध्यक्षबाट अभिनेता भुवन केसी दुई वर्षे कार्यकाल पूरा गरेर साउन ९ गते बिदा भैसकेका छन् ।
अध्यक्ष बन्ने दौडमा निर्देशक दिनेश डीसी,अभिनेत्री करिष्मा मानन्धर, निर्देशक दयाराम दाहाल,निर्माता अर्जुनकुमार डंगोललगायत देखिन्छन् ।
टिप्पणीहरू