बसुन्धरामा बंगलादेशविरुद्ध प्रदर्शन
बंगलादेश सरकारले विद्यार्थी आन्दोलन दबाउन गरेको हस्तक्षेपविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । एम्नेष्टी इन्टरनेशल नेपालको नेतृत्वमा नागरिक समाजका अगुवाहरुले यहाँस्थित बंगलादेशी दूतावास अगाडि मौन प्रदर्शन गरेका हुन् ।
आज बिहान काठमाडौंको बसुन्धरास्थित बंगलादेशी दूतावास नजिकै भेला भएका प्रदर्शनकारीहरुले नागरिक स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए । त्यसक्रममा ‘शान्तिपूर्ण रुपमा भेला हुन पाउने स्वतन्त्रतामाथिको दमन बन्द गर’, ‘विरोध प्रदर्शनमा लगाइएको आमप्रतिबन्ध तत्काल बन्द गर’, ‘बंगलादेशका प्रदर्शनकारीहरुमाथिको चर्को दमन बन्द गर’, ‘बंगलादेश हत्याका घटनाको जवाफदेहीता सुनिश्चित गर’, ‘घटनाको पूर्ण प्रभावकारी, स्वतन्त्र र निष्पक्ष छानबिन गर’, लेखिएका प्ले–कार्ड देखाइएको थियो ।
बंगलादेशको हसिना सरकारले गरेको गैरकानुनी हत्या, सामूहिक गिरफ्तारी र विद्यार्थीमाथि भएको दमनको विरोधमा मौन प्रदर्शन आयोजना गरिएको नागरिक समाजका एक अगुवाले बताएका छन् । प्रदर्शनमा एम्नेष्टी इन्टरनेशनल नेपाल च्याप्टरका निर्देशक निराजन थपलिया, सोम निरौला, कनकमणि दीक्षितलगायत पाँच दर्जन अधिकारकर्मी उपस्थित थिए ।
तस्बिरहरु
टिप्पणीहरू