बुद्धको एउटा विमान डाइभर्टेड, अर्को विमान ग्राउण्डेड

बुद्धको एउटा विमान डाइभर्टेड, अर्को विमान ग्राउण्डेड File Photo
सुन्नुहोस्

नेपाली वायुसेवा कम्पनीका विमानहरुमा एकपछि अर्को समस्या देखिन थालेको छ । सौर्य एअरलाइन्सको विमान गत साता काठमाडौं विमानस्थल क्षेत्रभित्रै दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको थियो ।

काठमाडौंबाट पोखरा जान लागेको उक्त विमानझैँ हिजो साँझ पनि त्यतै उड्न ठिक्क परेको बुद्ध एअरको विमानमा पनि प्राविधिक समस्या देखिएको छ । यात्रु बोकेर साँझ ८ बजे रनवेतर्फ जाँदै गरेको उडान नम्बर बीएचए ६६३ विमानलाई समस्या देखिएपछि ट्याक्सी वेबाटै फिर्ता गराई यात्रुलाई राति साढे ८ बजे घर पठाइएको थियो । त्यसअघि ७१ जना यात्रु बोकेर बुद्धको उडान नम्बर बीएचए ६६१ नम्बरको विमान साढे ६ बजे काठमाडौंबाट पोखरा गएकोमा खराब मौसमका कारण विमान वीचबाटै काठमाडौं डाइभर्ट भएर साढे ७ बजे अवतरण गरेको बताइन्छ । सोही विमानका ७१ मध्ये ५१ जना यात्रुलाई लैजान खोज्दा अर्को विमानमा प्राविधिक समस्या उत्पन्न भएको हो । 

त्यसैगरी हिजै यती एयरको उडान नम्बर एनवाईटी ६८९ मा पोखरा जान लागेका यात्रुलाई पनि घर पठाइएको बुझिएको छ । काठमाडौंबाट उड्न ठिक्क परेको विमान खराब मौसमका कारण यतै रोकिएको हो ।

टिप्पणीहरू