अदालत गुहार्ने गाँजावादीको बागेश्वरीमा भोक हडताल
सर्वोच्च अदालतमा विचाराधीन गाँजासम्बन्धी मुध्दा तत्काल टुंगोमा पुर्याउन माग गर्दै गाँजावादी समूहका केही व्यक्ति अनशन बसेका छन् ।
'नेपाल गाँजा बैधानिक महाभियान' र नेपाल फार्म व्यवसायी संघले गाँजाको वैधानिकता माग गर्दै रिट दायर गरेका थिए । तर,सर्वोच्चले मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरी पटक-पटक पेशी सारेको भन्दै दुवै संगठनले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । सोही सिलसिलामा महाअभियानका अध्यक्ष ऋगेन्द्र गिरीहरु अस्तिदेखि गौशालास्थित जयबागेश्वरी मन्दिर परिसरमा अनशन बसेका हुन् ।
यही साउन २१ गते उक्त मुद्दाको पेशी तोकिएको र सो दिन फैसला गराउन सडकबाट खबरदारी गर्ने भन्दै उनीहरुले साउन ११ गतेदेखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन् ।
टिप्पणीहरू