धनगढीमा परम्परागत हेरचाह कार्य र अर्थतन्त्रको चर्चा

धनगढीमा परम्परागत हेरचाह कार्य र अर्थतन्त्रको चर्चा

कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई स्याहार अर्थतन्त्रमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

धनगढीमा हालै आयोजित निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तालिमको समापन समारोहमा उनले हेरचाह अर्थतन्त्रको महत्व औँल्याएका हुन् ।

उपाध्यक्ष ओझाले परम्परागत हेरचाह कार्यलाई प्रविधिमा आधारित, आयआर्जन गर्ने केयर अर्थतन्त्रमा परिणत गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि निजी र सार्वजनिक क्षेत्रले मिलेर काम गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठनको ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको सम्झौतामा महासंघको सुदूरपश्चिम प्रदेशले गत बुधबारदेखि तालिम सञ्चालन गरेको थियो । 

तालिममा महासंघका सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की चेम्बर अफ कमर्शका अध्यक्ष पदमराज चौलागाईंले पनि सहभागी जनाए । त्यस्तै, आस्था भट्टले तालिममा प्रमुख प्रशिक्षकको रुपमा काम गरिन् । 

तालिममा सहभागी कृष्णविष्ट महतले तालिमबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन र हेरचाह अर्थतन्त्रको महत्वबारे सरोकारवालाबीच चेतना जगाउने प्रतिबद्धता व्यक्त गरिन् । 

तीन दिनसम्म चलेको तालिममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।

टिप्पणीहरू