यान्त्रिक गडबडीले जनकपुरमै रोकियो यतिको विमान
यति एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएको छ । काठमाडौंबाट यात्रु लिएर जनकपुर गएको विमान फर्किने क्रममा बिग्रिएको हो । जनकपुरबाट काठमाडौंका आउनका लागि तयारी अवस्थामा रहेको विमानमा खराबी देखिएपछि जनकपुर विमानस्थलमा रोकिएको छ ।
वाईटी–५७३ कलसाइनको विमानमा समस्या देखिएको एअरलाइन्सका एक कर्मचारीले बताए । उनका अनुसार काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर पुगिसकेको छ । हाल विमान मर्मतको काम भइरहेको उनले जानकारी दिए ।
‘विमानमा प्राविधिक खराबी आएपछि उडान रोकिएको हो । यहाँबाट इन्जिनियरको टोली त्यहाँ पुगिसक्नुभएको छ । मर्मतपछि सुचारु हुन्छ’, ती कर्मचारीले भने । विमान बिग्रिएपछि यात्रुहरु अलपत्र परेका छन् ।
टिप्पणीहरू