हिमाली भूभागको विपद् हेर्न सशस्त्रको टोली गठन

हिमाली भूभागको विपद् हेर्न सशस्त्रको टोली गठन

सशस्त्र प्रहरी बल,नेपालले उच्च भू–भाग विपद उपशाखा स्थापना गरेको छ । महानिरीक्षक राजु अर्यालको अध्यक्षतामा गत साउन ७ गते बसेको परामर्श समितिको ८७ औं बैठकको निर्णयअनुसार कार्य विभागले उक्त उपशाखा स्थापना गरेको हो । 

साउन १५ गतेदेखि उपशाखा सञ्चालनमा आएको सशस्त्र प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार हिमाली भेगमा हुने विपदसम्बन्धी तालिम दिने,चीनसँग जोडिएको सीमानामा हुने गतिविधिहरु नियाल्ने काम सो उपशाखाले गर्नेछ । 

सो उपशाखाको नेतृत्व प्रहरी नायव उपरीक्षक (डिएसपी) ले गर्ने उनले जानकारी दिए । ‘हाम्रो संगठनको प्रतिनिधित्व गर्दै हालैमात्र एक जना सशस्त्र प्रहरी निरीक्षकले सगरमाथा आरोहण गर्नुभएको छ । उपशाखाले यस्ता क्रियाकलाप बढाउन प्रोत्साहन गर्नेछ । हिमाली भेगमा हुने विपद्सम्बन्धी तालिम दिनेछ । चीनसँग हाम्रो हिमाली भेगको सीमाना जोडिएको छ,त्यहाँ हुने गतिविधिहरु उपशाखाले हेर्छ’,उनले भने ।

टिप्पणीहरू