भन्सार परिसरमा बेवारिसे सवारी साधन बग्रेल्ती
भैरहवा भन्सार कार्यालयले करिब डेढ दर्जन सवारी साधनउपर हकदाबी पेश गर्न सम्बन्धित व्यक्ति वा संस्थालाई सूचित गरेको छ । भन्सार छली तथा चोरी निकासीका सामान ढुवानी गरेको अभियोगमा नियन्त्रणमा लिइएका १६ वटा सवारी साधनमाथि हकदाबी पेश भनिएको छ ।
कार्यालयले सोमबार जारी गरेको सूचनामा सम्बन्धित सवारी साधनधनीलाई प्रमाण पुग्ने कागजातसहित साउन २९ गतेभित्र दाबी पेश गर्न भनेको छ ।
प्र.०२–०३–००१ ख ०७०५ नम्बरको ट्रक, लु २ ख ३४३५, लु १ ख ६४४९, लु १ ख ४५४६, ना ४ ख ७३६७, ग १ ख ९२२६, लु १ क ७४६, लु १ ख ६९०२ र ना ४ ख ७३६७ नम्बरको मिनी ट्रक लामो समयदेखि भन्सार परिसरमा थन्किएको छ ।
त्यस्तै, लु १ च ६४३० र लु २ च ६६६४ नम्बरको पिकअप ट्रक, ना ३ ख ५१८९ र ना ६ ख ४७१६ नम्बरको कन्टेनर ट्रक, ल १ च १४२६ नम्बरको कार, ना ६ ख २३८४, ना ३ ख ४४१३, ना ६ ख ४७५८, ना ६ ख ५८० नम्बरको ट्रक पनि अन्य सवारीसाधनकै हालतमा देखिन्छन् ।
तोकिएको समयावधिभित्र कार्यालयमा हकदाबी पेश गर्न नआएमा भन्सार ऐन, २०६४ बमोजिम सरकारी हुने बताइएको छ ।
टिप्पणीहरू