भीआईपीहरुकाे राेजाइमा धुलिखेल, मासिक औसत ५० जना
काभ्रेपलाञ्चोकमा दुई दर्जन नयाँ संघसंस्था सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा अघिल्लो आर्थिक वर्ष २६ वटा नयाँ संघसंस्था दर्ता भएका थिए । त्यस्तै, सोही अवधिमा २६२ वटा संस्था नवीकरण भएको बताइएको छ ।
कार्यालयले पछिल्लो एक वर्षमा ४५४ वटा पसल तथा फर्मको अनुगमन गरेको छ । जिल्लामा ६०५ जना विशिष्ट व्यक्तिले भ्रमण गरेको रेकर्ड पनि राखिएको छ । त्यसैगरी दर्ता भएका ७२ वटा उजुरीमध्ये ६१ वटा छिनोफानो भएको छ ।
कार्यालयले गत आर्थिक वर्ष २१ लाख ७ हजार ७७६ रुपैयाँ राहत वितरण गरेको थियो । त्यसमध्ये विपदमा परेका जिल्लाबासीले १२ लाख ११ हजार रुपैयाँ राहत प्राप्त गरेका हुन् । जिल्लामा ७०१ वटा अपराधिक घटना भएको र ४६२ जना अभियुक्त पक्राउ परेका थिए ।
३१ जनाको सडक दुर्घटनामा परेर ज्यान गएको छ । त्यसैगरी, नौ जनाको हत्या हुँदा १३३ जनाले आत्महत्या गरेका छन् । १२४ वटा प्राकृतिक प्रकोपका घटना भएको कार्यालयले जानकारी दिएको छ । प्रकोपमा परेर सात जनाको निधन र ११ जना घाइते भएका छन् ।
टिप्पणीहरू