कक्षा १२ मा करिब ५३ प्रतिशत विद्यार्थी पास

कक्षा १२ मा करिब ५३ प्रतिशत विद्यार्थी पास

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो। 
गत वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालित परीक्षामा कूल चार लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए । त्यसमध्ये दुई लाख ३१ हजार २३६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

परीक्षामा १२ हजार ६७२ जना परीक्षार्थी अनुपस्थित भएका थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार ८६८ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख तीन हजार ८४७ जना अर्थात् ५२ दशमलब ९१ प्रतिशत उत्तीर्ण भएका छन् । 

त्यस्तै, ग्रेडबृद्धितर्फ २०७८ र ०७९ सालको परीक्षार्थीमध्ये २८ दशमलव २६ प्रतिशत पास भएका छन् । ९६ हजार ३५१ जना सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । 

२०७६ र ०७७ सालको ग्रेडवृद्धितर्फ कूल तीन हजार ८४२ जना सहभागी भएकोमा एक हजार ९५३ जना अर्थात् ६२ दशमलब ०५ प्रतिशत उत्तीर्ण भएका छन् । 

बोर्डले एक सय २२ जना विद्यार्थीको परीक्षा रद्धसमेत गरेको छ । जसमा नियमिततर्फ एक सय २ र ग्रेडबृद्धि २० जनाको परीक्षा रद्ध भएको छ ।

टिप्पणीहरू