बिप्लवका विद्यार्थी सचिवको अश्लिल आदेश जस्ताको तस्तै
फौजदारी अभियोगमा मुद्दा चलाउने तयारी चलिरहँदा अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेश लिएर अस्ति राती थुनामुक्त भएका विप्लव समूहका कार्यकर्ता कपिल सिजापतिले पुरानै हर्कत देखाउन थालेका छन् । काठमाडौँ प्रहरी परिसरको हिरासतबाट छुटेलगत्तै अदालतअगाडि अबिरजात्रा गरेका उनी भ्रमपूर्ण प्रचारबाजीमा छन् ।
राज्यको कानुनलाई चुनौती दिंदै आफ्नो अड्डामा उपस्थित हुन उनले गरेको उर्दी अस्वीकार गर्दा आस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई मार्ने धम्की दिएका थिए । त्यसपछि निज सिजापतिलाई काठमाडौँ प्रहरीले हिरासतमा लिएर अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको थियो ।
त्यसैबीच मुद्दाको अनुसन्धान नरोकिने गरी थुनामुक्त गर्न अदालतले दिएको आदेशलाई आफ्नो विजय ठानेका उनले घटनाको वास्तविकता तोडमोड गरेर धम्कीयुक्त भाषामा सञ्जाल रंग्याउन थालेका छन् । उनको मुध्दा टुङ्गिएको छैन र अनुसन्धान पनि सकिएको छैन,मात्र उनी हाजिर जमानीमा हिरासतबाट निस्किएका हुन् ।
आपराधिक घटनालाई राजनीतिकरण गर्न सकेकोमा गर्व गर्ने सिजापतिले घटनाको वास्तविकतामाथि भ्रमको पर्दा हालेर पत्रकार किशोर श्रेष्ठ र काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरियालाई घुमाउरो 'थ्रेट' पनि दिएका छन् । साथै,उनीनिकट ब्यक्तिहरुको नाम म्युट गरेर अश्लिल वाक्यहरु सम्पादित अडियो रेकर्ड सार्वजनिक गरी आफूविरुद्ध भ्रम छरेको उनको आरोप छ ।
त्यसैले उनकै मागबमोजिम उनले धम्की दिएको सबै आवाज जस्ताको तस्तै प्रस्तुत गरिएको छ :
टिप्पणीहरू