दिल्लीको बाक्लो जाउआउपछि विनोद चौधरी भुटान प्रस्थान

दिल्लीको बाक्लो जाउआउपछि विनोद चौधरी भुटान प्रस्थान

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी भुटान गएका छन् । उनी ड्रुक एअरको उडान नम्बर केबी ४०१ मा आज मध्यान्ह साढे १२ बजे काठमाडौंबाट भुटानको पारो हुँदै थिम्पु गएको बताइएको छ ।

पछिल्लो केही महिनामा उनले काठमाडौंबाट नयाँ दिल्ली धेरै पटक ओहोरदोहोर गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हटाउँदै काँग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउने खेल अघि बढेपछि उनी पटक पटक नयाँ दिल्ली पुगेका थिए ।

सकेसम्म आफैँ,नसके आफ्नो मान्छे मन्त्री बनाउने खेलमा लागेका उनले नयाँ दिल्लीको जाउआउपछि दिपक खड्कालाई ऊर्जा मन्त्री बनाउन आफू सफल भएको निकटस्थहरुसँग बताउन थालेका छन् ।

यसअघि साउन ५ गते एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राति १० बजे नयाँ दिल्ली गएका थिए । प्रधानमन्त्रीले भोलिपल्ट दिउँसो प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने तयारी र अघिल्लो दिन काँग्रेसले संसदीय दलको बैठक डाकेको अवस्थामा उनी नयाँ दिल्ली हान्निएका थिए । 

यसअघि उनी असार १७ गते त्यता गएर २३ गते फर्केका हुन् । चौधरी नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जेठ अन्तिम साता भाग लिएपछि भोलिपल्टै दुबई गएका थिए । जेठ ३२ गते मध्यरात फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा दुबईबाट काठमाडौं फर्केका थिए ।

टिप्पणीहरू