ज्ञानेन्द्रको फोटो देखाउँदै नारायणहिटी अगाडि धर्ना

ज्ञानेन्द्रको फोटो देखाउँदै नारायणहिटी अगाडि धर्ना File Photo

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले नारायणहिटी अगाडि धर्ना दिएको छ ।   

'राष्ट्रवादी नागरिक समाज'को ब्यानरमा आज अपराह्न नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटअगाडि सडकमा उनीहरु धर्ना बसेका हुन् । 'राजा चाहियो' भन्दै नाराबाजी गर्ने धर्नाकारीले त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो प्रदर्शन गरेका थिए । 

समाजका संयाेजक चन्द्रबहादुर रामदामको नेतृत्वमा आयोजित धर्ना तथा प्रदर्शनमा महासचिव ध्रुवबहादुर गुरुङ,सदस्य हरिलाल गिरीसहित एक दर्जनको उपस्थिति थियो । 

राजतन्त्रको पक्षमा वकालत गर्दै आएको यो समूहले २०४७ सालको संविधान जगाउँदै पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने भन्दै निरन्तर प्रदर्शन गर्ने गरेको छ ।

टिप्पणीहरू