झर्ना गेष्टहाउसमा महिला र पुरुषको सङ्गसङ्गै मृत्यु

झर्ना गेष्टहाउसमा महिला र पुरुषको सङ्गसङ्गै मृत्यु

राजधानीको एउटा होटलमा महिला र पुरुष मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–९, शम्भुमार्गस्थित शान्ता कार्कीले सञ्चालन गरेको झर्ना गेष्टहाउसमा तिनको लाश फेला परेको हो । 

उनीहरु गएको मंगलबारदेखि सो होटलको कोठा नम्बर ४०२ मा बस्दै आएका थिए । आज दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि होटल सञ्चालिका उनीहरुलाई बोलाउन गएकी थिइन् । लामो समयसम्म पनि ढोका नखोलेको र बोलाउँदा पनि नबोलेको हुनाले सञ्चालिकाले प्रहरीलाई खबर गरिन् । 

ढोका फुटाएर हेर्दा महिला घाँटी रेटिएको र पुरुष सिलिङ्गको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर,काठमाडौंले जनाएको छ । मृतक बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र २० वर्षीया करिश्मा सार्की रहेको परिसरले जानकारी दिएको छ । 

परिसरका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू