मधेशमा पर्सि आधा झण्डा झुकाइने
शास्त्रीय संगीतका महान् साधक एवम् लोकप्रिय गायक गुरुदेव कामतको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । मधेश प्रदेश सरकारले उनको निधनको शोकमा पर्सि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
‘मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनुभएका स्व.गुरुदेव कामतको निधनप्रति शोक प्रकट गर्न प्रदेश सरकारले मिति २०८१–०४–२० गते आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने निर्णयसमेत गरेको छ’, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शोक वक्तव्यमा उल्लेख छ ।
कामतको ६९ वर्षको उमेरमा हिजो बिहान सिराहास्थित आफ्नै घरमा निधन भएको हो । दुबै मिर्गौलामा समस्या देखिएपछि डायलासिस गराउँदै आएका उनी काठमाडौंमा उपचार खर्चको अभाव भएपछि केही समयअघि आफ्नो जन्मथलो फर्किएका थिए ।
टिप्पणीहरू