भारतीय महाराजको नेपालमा जम्मा चार घण्टा
पशुपतिनाथको दर्शन र कोटिहोममा सहभागी हुन भारतीय अनिरुद्रचार्य जी महाराज काठमाडौं आएका छन् । वास्तविक नाम अनिलकुमार तिवारी भएका उनी बिहान पौने ११ बजे काठमाडौं आइपुगेका हुन् ।
इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ ११५१ मा नयाँ दिल्लीबाट आएका उनी विमानस्थलबाट सोझै पशुपतिनाथ मन्दिर पुगेका छन् । आधा घण्टा पशुपतिमा पूजापाठ गरेपछि पशुपति परिसरमा लगाइएको कोटिहोममा सहभागी हुने कार्यक्रम छ।
त्यसपछि आनन्द बतास होटलमा भोजन र प्रसाद ग्रहणसँगै भक्तजनहरुसँग भेटघाट गर्ने र पुनः कोटिहोममा सहभागी भएर २ बजे नयाँ दिल्ली फिर्ताको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कोटिहोम आयोजक स्रोतको भनाई छ ।
टिप्पणीहरू