गण्डकीका प्रहरीलाई भोलि बिहान १० बजेभित्र हिंड्न उर्दी

गण्डकीका प्रहरीलाई भोलि बिहान १० बजेभित्र हिंड्न उर्दी

गण्डकी प्रदेशभित्र मनाङ बाहेक सबै जिल्लाका सरुवा,बढुवा तथा काज अवधि समाप्त भएका प्रहरीलाई भोलि बिहान १० बजेभित्र रमानाको लागि ताकेता गरिएको छ । नेपाल प्रहरीको गण्डकी प्रदेश प्रहरी कार्यालय,पोखराले अस्ति पठाएको सामूहिक पत्रमा उक्त आदेश दिइएको छ ।

साउन १६ गतेको सञ्चार तथा भोलिपल्टको जिम्मेवारी तोकिएको पत्रको आधारमा सरुवा,बढुवा, काज अवधि समाप्त भई रवाना गर्नुपर्ने कर्मचारीलाई तोकिएको मितिभित्र निर्दिष्ट कार्यालयतर्फ प्रस्थान गर्न भनिएको हो । 

पत्रमा भनिएको छ, ‘रवाना गर्न बाँकी कर्मचारीहरलाई विलम्ब नगरी दरबन्दीको प्रहरी दरबन्दीमा नै कार्यरत रहने भन्ने अभियानलाई अक्षरशः कार्यान्वयनको चरणमा लैजानको लागि प्रहरी युनिट प्रमुखहरुले मनन् गरी रवाना गर्न बाँकी प्रहरी कर्मचारीहरुलाई प्रहरी कर्मचारीहरुको सरुवासम्बन्धी मापदण्ड २०७९ लाई कार्यान्वयन गर्न र निकट भविष्यमा हुने नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन २०८१ लाई उत्कृष्ट बनाउन सम्बन्धित युनिटको समन्वय अधिकृतले एक अर्को युनिटमा लेखा प्रमुखसँग समेत समन्वय गरी उल्लिखित कर्मचारीहरुलाई साउन २० गते १० बजेभित्र रवाना गर्न बाँकी सबैलाई एकमुष्ट सवारी साधनबाटै लैजान ल्याउने व्यवस्था मिलाई रवाना गर्नहुन निर्देशानुसार अनुरोध छ ।’
 

टिप्पणीहरू